Sentence
stringlengths
3
386
विदेशी पुरुषसँग विवाह कायम गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानले नागरिकता प्राप्त गर्दा बाबुआमा दुवै नेपाली नागरिक भएमा वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था प्रस्तावित छ
गैर आवसीय नेपालीलाई नागरिकता गैर आवसीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताको व्यवस्थालाई पनि विधेयकले सम्बोधन गरेको छ
संवैधानिक व्यवस्था अनुसार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेगरी नागरिकताको व्यवस्था सङ्घीय कानुनमा गर्न लागिएको हो
यस्ता नागरिकता बाहकले राजनीतिक अधिकार उपभोग गर्न भने पाउने छैनन्
संविधानले सङ्घीय कानुन अनुसार नागरिकता दिने व्यवस्था गरेपछि कानुन बनाइएको थियो
मौजुदा नागरिकता ऐन संशोधनमार्फत् उक्त व्यवस्था गर्न लागिएको हो
सार्क राष्ट्रबाहेक अन्य देशमा बसोबास गर्ने गैर आवासीय नेपालीले नागरिकता पाउनेछन्
नागरिकता लिन चाहनेले बाबुआमा वा बाजेबज्यै नेपाली भएको प्रमाण पेस गर्नुपर्नेछ
यसअघि नागरिकता परित्याग गरेको प्रमाण पनि नागरिकता लिन चाहने व्यक्तिले पेस गर्नुपर्नेछ
विदेशी मुलुकको नागरिकता प्राप्त गरेको प्रमाण, सार्कबाहेक अन्य देशमा बसोबास गरेको प्रमाण तथा नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिवद्धतापत्र पनि पेस गर्नुपर्नेछ
महिला पुरुषसँगै अन्य लिङ्गका आधारमा पनि नागरिकता पाउने व्यवस्था विधेयकमा गरिएको छ
सर्वोच्च अदालतको आदेशबाट अन्य लिङ्गको पहिचानबाट नागरिकता दिने व्यवहारिक अभ्यास सुरु भए पनि कानुनी रुपमा पहिलोपटक व्यवस्था हुन् लागेको हो
कसुरमा पाँच वर्षसम्म कैद नागरिकता कसुरमा पाँच वर्षसम्म कैदको व्यवस्था हुने प्रस्तावित विधेयकमा प्रस्ताव छ
झुठा विवरणका आधारमा नागरिकता दिलाउने काम गरेमा वा सनाखत गरेमा तीन महिनादेखि डेढ वर्षसम्म कैद हुनेछ
यस्तै, यस्तो कसुरमा दश हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना हुनेछ
यस्तै नागरिकता लिने क्रममा व्यक्तिले गरेको स्वघोषणा गलत ठहर भएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद हुनेछ
यस्तै, झुठा स्वघोषण कसुरमा ५० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म सजाय हुनेछ
पुल बगाएपछि स्थानीयलाई सास्ती शैलेन्द्र रोकाया बझाङ, साउन २४ गते
बझाङको बाउली खोलामा पानीको सतह बढेसँगै खोलामा निर्माण गरिएको काठे पुल खोलाले बगाएपछि आवतजावत बन्द भएको छ
खोलामा पानीको सतह बढ्दै गएको र काठेपुल खोलाले बगाएपछि आवतजावत बन्द भएको हो
सिमखेतबाट झण्डै १० मिनेटमा नै चैनपुर पुग्ने स्थानीय बासिन्दा काठेपुल खोलाले बगाएपछि आधा घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने बाध्यता छ काठेपुलबाट आवतजावत बन्द हुँदा ससाना बालबालिकालाई बढी सास्ती हुने गरेको छ
सिमखेत, सुबेडा, नौराकालगायतका क्षेत्रका बालबालिका चैनपुरमा रहेका निजी तथा सरकारी स्कुलमा अध्ययन गर्ने भएका कारण खोलाले अवरोध गरी दिएपछि बढी सास्ती हुनेगरेको छ
बाउली खोलामा निर्माण गरिएको पक्की पुलको बाटो भएर चैनपुर पुग्नुगरेकोे स्थानीय राजेन्द्रबहादुर सिंहले बताउनुभयो
खोलामा काठेपुल भएको समयमा निकै सजिलो भएको थियो
४५ मिनेट कम हिँड्नुपथ्र्यो, स्थानीय बासिन्दा सङ्गीता सिंहले भन्नुभयो, अहिले काठे पुलबाट हिँड्न बन्द भएपछि थप ४५ मिनेट हिँड्नुपर्ने भयो
सोही सडक भएर नै बालबालिका आवतजावत गर्ने र सवारीका साधन समेत आवतजावत गर्ने भएका कारण बढी समस्या ससाना बालबालिकालाई सास्ती र गाह्रो हुने गरेको स्थानीय लवराज जोशीले बताउनुभयो
उहाँले भन्नुभयो, पहिलो छोटो बाटो भएर बालबालिका आफैँ स्कुलसम्म जान सक्थे अहिले एक्लै विद्यालय पठाउनसक्ने अवस्था पनि छैन
एक्लै पठाए कतै सवारी दुर्घटना पो हुन्छ कि
भन्ने डर लागेको छ
झोलुङ्गे पुल बन्ने तयारी त छ तर काम कछुवाको गतिमा भइरहेको गुनासो उहाँको छ
२०७३ असार ३१ गते बाउली खोलामा आएको बाढीका कारण खोलामा निर्माण गरिएको झोलुङ्गे पुल बगाएपछि बर्खाको समयमा स्थानीयले सास्ती खेप्नु परिरहेको स्थानीय राजेन्द्रबहादुर सिंहले बताए
पुल निर्माणका लागि सम्बन्धित निकायले कुनै पनि चासो नदेखाएको स्थानीयको आरोप छ
खोलामा काठेपुल भएको समयमा बालबालिकालाई स्कुलसम्म पुयाउन आउनु पर्दैनथ्यो, स्थानीय कमला बुढाले भनिन्, अहिले त बालबालिकालाई नै पिठ्युमा बोकेर स्कुलसम्म नै पुयाउनुपर्छ
काठेपुलबाट आवतजावत बन्द हुँदा विद्यार्थी मात्र होइन, कर्मचारीदेखि बिरामी पनि मारमा परेका छन्
जसका कारण बिरामीलाई बोकेरै अस्पताल पुयाउनुपर्ने बाध्यता रहेको स्थानीय दीपक ऐडीको भनाइ छ
पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा खाडी मुलुक जान लागेका महिलालाई फर्काइयो बाँके, साउन २४ गते
अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ
खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो
उनीहरूलाई भारतीय बाटो हुँदै अवैध रूपमा खाडी मुलक लैजान लागेको गोप्य सूचनाका आधारमा उद्धार गर्न सफल भएको उहाँले कोइरालाले बताउनुभयो
संयोजक कोइरालाका अनुसार खाडी मुलुक जान लागेका ती महिलालाई नयाँ दिल्लीको मैदानगढी क्षेत्रका होटलमा छापा मारेर उद्धार गरिएको थियो
मध्यपश्चिम क्षेत्रमा घर भएका महिलालाई नेपालगञ्जमा राखिएको छ भने अन्य जिल्लामा घर भएकालाई नजिकको माइती नेपालका सेल्टरमा राखिएको छ
उद्धार गरिएकामा दाङ, बाँके, दैलेख, पाल्पा, नवलपरासी, रुपन्देही, मोरङ, झापालगायत जिल्लाका महिला छन्
नेपालगन्ज नजिकका महिलालाई यही राखेर परिवारसँग पुनर्मिलन गराइने तयारी छ, उहाँले भन्नुभयो, कतिपय महिलाका परिवार नेपालगन्ज आइसक्नु भएको छ, कतिपय बाटोमै आउँदै गरेको जानकारी प्राप्त भएको छ
ती महिलाले आफूहरू स्वेच्छिकरूपमा भारत हुँदै खाडी मुलुक जान लागेको माइती नेपालसमक्ष बयान दिएका छन्
नेपालको बाटो भएर खाडी मुलुक जान सरकारले प्रतिबन्ध लगाएपछि आफूहरू भारत भएर त्यसतर्फ जान लागेको प्रतिक्रिया उनीहरूले दिएका हुन्
पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा काठमाडौँ, साउन २४ गते
रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ
वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा सिबिटी सञ्चालन गर्ने जनाएको हो
शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो
यसैबीच सन् २०१८ को भाषा परीक्षा उतीर्ण गरी उत्पादनमुलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने शाखाले जनाएको छ
मीनभवनस्थित निजामती अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र थिमीस्थित कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको शाखाका निर्देशक खनालले जानकारी दिनुभयो
गत जेठ २६ र २७ गते लिइएको नवौँ चरणको कोरियन भाषा परीक्षामा सात हजार ९९६ जना उतीर्ण भएका थिए
पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा गैरआवासीय राजदूत नियुक्त काठमाडौँ, साउन २३ गते
राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई गणतन्त्र फिजीको राजदूतका नियुक्त गर्नुभएको छ
त्यसैगरी उहाँले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याल र प्रकाशकुमार सुवेदीलाई क्रमशः लिबिया र स्लोभेनियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले नियुक्ति गर्नुभएको हो
रासस
समृद्धिमा नास्टको औचित्य डा दिनेशराज भुजु लेनोवो एउटा चिनिया कम्पनीको नाम हो, जुन विश्वका पाँच सय उत्कृष्ट व्यावसायिक संस्थाभित्र पर्दछ
त्यसको मुख्य उत्पादन कम्प्युटर र त्यस सम्बन्धी सामानहरू हुन्, जुन विश्वका १६० देशमा बिक्री हुन्छ
लेनोवोले ६० देशमा कम्तीमा ५४ हजार मानिसलाई रोजगारी दिएको छ
सन् १९८४ मा दश जना युवा इन्जिनियरले मात्र ९० हजार अमेरिकी डलरको पुँजी लगाएर खोलेको लेनोवोको यतिखेर कुल सम्पत्ति साढे २८ अर्ब डलर छ, सम्पूर्ण खर्च कटाउँदा पनि उसको वार्षिक आम्दानी झण्डै १३ करोड डलर छ
यस्तो अपार सफलता कसरी मिल्यो त
लेनोवोका संस्थापक ल्यु चुआनझीको उत्तर थियो, चिनिया विज्ञान प्रतिष्ठान कास सितको हाम्रो पृष्ठभूमिले हामीलाई सफल बनाएको हो
लेनोवोका संस्थापक सदस्यहरू कासमा काम गर्दथे, उनीहरू त्यस प्रतिष्ठानका अनुसन्धानकर्मी थिए
प्रसिद्ध वैज्ञानिक तथा नोबेल पुरस्कार विजेता याङ झेनिन ९४ वर्षको उमेरमा गत साल अमेरिकी नागरिकता त्यागेर आफ्नै देश चीन फर्किए र उनी चिनिया विज्ञान प्रतिष्ठान कास सित नै आबद्ध भए
अर्का चिनिया नोबेल पुरस्कार विजेता ताइवानका वैज्ञानिक वाई टी लीले अमेरिका परित्याग गरेको दुई दशक नाघिसकेको छ, उनी पनि एकेदेमिया सिनिका चिनिया प्रज्ञा प्रतिष्ठान सित नै आबद्ध भए र उनले सन् १९९४ देखि २००६ सम्म प्रतिष्ठानको कुलपति प्रेसिडेन्ट को जिम्मेदारी सम्हाले
ताइवान छुट्टिएर जानुअघि चीनको विज्ञान प्रतिष्ठान एकेदेमिया सिनिका नै थियो
सन् १९४९ मा जन गणतन्त्र चीन बनेपछि नयाँ कलेवरमा कास अस्तित्वमा आएको हो जसको अभ्युदय गणतन्त्र घोषणाको डेढ महिनाभित्रै भएको थियो
चिनिया कम्युनिस्ट पार्टीले विज्ञान प्रतिष्ठानलाई त्यति महवपूर्ण ठान्यो
चिनिया नेतृत्व कासलाई विकासको लिंचपिन अर्थात् रथको पाङ्ग्रो अड्काउने किलो मान्दछ, जुन फुस्कँदा रथ न गुड्छ न उभ्भिन सक्छ
कास संसारकै सबभन्दा ठूलो वैज्ञानिक अनुसन्धान संस्था पनि हो
त्यहाँ काम गर्ने अनुसन्धानकर्मी वैज्ञानिकहरू आधा लाखभन्दा बढी छन् र पीएचडी कार्यक्रममा मात्रै ४० हजार विद्यार्थीहरू अनुसन्धानरत् हुन्छन्
वैज्ञानिक प्रकाशनलाई आधार मान्दा चिनिया विज्ञान प्रतिष्ठान विश्व प्रतिष्ठित प्रकाशन संस्था नेचरको पहिलो नम्बरमा आउँछ
प्रविधि प्रवद्र्धनमा पनि उसको ठूलो योगदान रहिआएको छ
हो, लेनोवो कम्प्युटरको विकास र त्यसको व्यवसायीकरण पनि कासबाटै भएको हो
यस्ता अरु थुप्रै उदाहरण छन्
संसारको पुरानो विज्ञान प्रतिष्ठान बेलायतको रोयल सोसाइटीको ढाँचाकाँचा चीनको कासभन्दा फरक छ
रोयल सोसाइटी आफैं अनुसन्धानमा संलग्न हुँदैन तर यसले सयौं वृत्तिहरू प्रदान गरी अनुसन्धानको प्रवद्र्धन गर्दछ
रोयल सोसाइटीका सदस्यहरूमा प्राय ख्यातीप्राप्त सबै वैज्ञानिकहरू पर्दछन्, जस्तै आइज्याक न्युटन, चाल्र्स डार्विन, माइकल फराडे, अल्बर्ट आइन्स्टाइन, स्टेफन हकिंग्स आदि
स्थापनाको ३६० वर्ष पुग्नलाग्दा उसले आठ हजारभन्दा बढी वैज्ञानिकलाई सदस्यता प्रदान गरिसकेको छ
अहिले पनि उसका १६ सय फेलोहरू छन् जसमा ८० जना नोबेल पुरस्कार विजेता वैज्ञानिकहरू हुन्
रोयल सोसाइटीको महत्ता नै यही हो, यही प्रतिष्ठा उसको औचित्य हो
उता, अमेरिकामा बनेको राष्ट्रिय विज्ञान प्रज्ञा प्रतिष्ठान न्यास मा पनि दुई हजारभन्दा बढी सदस्य छन्, ती सबै अमेरिकाका निम्ति प्रोबोनो स्वयंसेवी वैज्ञानिक सल्लाहकार हुन्
न्यासको भूमिका यही हो र उपादेयता पनि
राष्ट्रपति लिंकनले न्यास स्थापनाको टाँचा लगाउँदा असन्तुष्ट बुद्धिजीवीहरूको संख्या कम थिएन तर सन् १८६३ देखि यो अनवरत चलिरहेको छ
नेपालमा विज्ञान प्रतिष्ठानको रूपमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट सन् १९८२ देखि अस्तित्वमा छ
जन्मदेखि नै औचित्यको प्रश्न व्यहोर्दै आएको नास्टका आफ्नै कथाव्यथा र सफलताअसफलताहरू छन्
निधारमा धियो विस्वा विराजति अर्थात् ज्ञानमा विश्व विराजमान हुन्छ भन्ने छापसहित जन्मिएर उसले अहिले ३५ वसन्त पार गरेको छ
यस अन्तरालमा उसको जन्मदर्तामा शाही निर्देशको प्रतिस्थापनमा संसद्बाट पारित ऐन आयो सन् १९९१ मा र अघिल्लो राजकीय भन्ने शब्द गणतन्त्रसँगै हट्यो सन् २००६ मा
औचित्यको प्रश्न भने नेपथ्यमा गुञ्जिएकै छ
यी साढे तीन दशकमा नास्टले के गयो भन्ने कार्यको फेहरिस्त हालसालै सम्पन्न ४१ औं प्रज्ञासभाको विषय प्रवेशमा त्यहाँका उपकुलपतिले राख्नुभएको थियो जुन पछि आयोजित पुरस्कार वितरण समारोहमा पनि दोहोयाइयो
नास्टले गरेका ती कार्यहरूको सूचीमा खासै कसैको चाख रहेको भने देखिएन
किनकि नास्टमाथिको प्रश्न उसले के गयो जान्नका लागि होइन, उसले यो र त्यो गर्न सकेन भन्नेमा केन्द्रित देखिन्छ जसको उत्तर वास्तवमा प्रश्नमै टुंगिन्छ उसले किन गर्न सकेन
विगत ३५ वर्षमा नास्टलाई नेपाल सरकारबाट उपलब्ध बजेट जम्माजम्मी दुई अर्ब ६३ करोड जति रहेछ, अर्थात् औसतमा प्रतिवर्ष साढे सात करोड
पक्की राजमार्ग निर्माणमै खर्चेको भए पनि त्यति बजेटले वर्षमा ७०० मिटर बाटो बन्ने रहेछ
अथवा सस्तोमा बनाउँदा पनि त्यो रकमले वर्षमा ५०० किलोवाटको एउटा सानो जलविद्युत् आयोजना बन्ने रहेछ
यो तुलना गर्ने विषय होइन तर नास्टको ३५ वर्षको बजेट यो एक वर्षका लागि सरकारले खेलकुदमा छुट्याएको बजेट बराबर हो
यद्यपि हामी सबैले चाहिँ त्यति रकमबाट नास्टले ठूलै काम गरेर देखाओस्् भन्ने अपेक्षा गर्न पुग्यौँ
कतिपयलाई बजेटको यो लेखाजोखा र अनुसन्धानमा लाग्ने खर्च अनि समयबारे त्यति अन्दाज हुँदैन तर पनि देशमा कुनै समस्या आइपर्दा वैज्ञानिक उपायका लागि नेपाली जनमानस नास्टलाई नै सम्झिने गर्दछ
यो नास्टप्रति रहेको जनआस्था हो जुन नेपाली वैज्ञानिक समुदायकै लागि पनि प्रेरणादायी छ